Bimbaakash- Najeek - Lyrics

रात धेरै पर्यो, धेरैधेरै
मायाका कुरा नगरन, ऐ
भोलिबारे केहि थाहा नभई, जीवनभरीका
दिनहरु मेरै नाम नगरन, ऐ
सागरमा होस् कि आकाशमा जहीकही मैसंग डुल्ने
मेरा आंखा नै सबैभन्दा राम्रा भएजस्तो बेकम्फुसे गफ नगर न, ऐ

नजिक नआउ, डर लाग्दैछ
आफ्नै भावनाहरुसंग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरैधेरै साल लगाई
नजुधाउ आँखाहरु भावना बन्न कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर ?
थाहा छैन र, भावना हराउन पनि
कत्ति नि समय लाग्दैन ?

तिम्रो आत्मा थाम्ने कसम कसरी दिऊ म जब
आफ्नै आत्मालाई चिनेको छुइन?
आफ्नै छायांसंग भागी दौडदैछु म, भन
तिम्रो छायांको जिम्मा कसरी लिनु म ?
संसार छाडिहिड्ने बांचा नदेऊन
शुरुशुरुमा त यस्तै त हो नि
जीन्दगानीको रीतहरुले यसैउसै हामीलाई अल्झाउने नै हो

काश हाम्रो भेट केही सालअगाडि हुन्थ्यो
या काश हाम्रो भेट केही सालपछाडि हुन्थ्यो
समय सही हुन्थ्यो
राजै, मौसम बेग्लै हुन्थ्यो
तर, आज हैन नजिक नआऊन

नजिक नआउ, डर लाग्दैछ
आफ्नै भावनाहरुसंग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरैधेरै साल लगाई
नजुधाउ आँखाहरु भावना बन्न कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर ?
थाहा छैन र, भावना हराउन पनि
कत्ति नि समय लाग्दैन ?

Songwriter: Bartika Eam Rai


Check out the story behind the making of this song

Comments