Taral - Anumati - Lyrics

यो खबर पुगोस् कुनै दिन
तिम्रा सम्झना फिर्ता दिएँ
थिए तिम्रा अहम्
थिए मेरा अहम्
सबै थोक माफी दिएँ

हिजोमै अड्किएको हाम्रो जीवनलाई
सास फेर्न दिए भयो
तिमीलाई पनि त
अनुमति छ नि
अगाडी बढे भयो

बिस्तारै भए नि समय लगाउँदै
आफैलाई अँगाल न
यो खोक्रो दुनियाँगिरी
के बुझ्न चाहन्छौ ?
आफैलाई बुझ न

म त कोही रहिन
तिमीमाथि केही
अधिकार जताउन
तिमी आफैलाई सुन
आफैले आफूलाई
अनुमति दिए भयो

त्यहाँ आशाहरुमा हराएको
बेग्लै संसार थियो
जहाँ रमेका थियौँ
छरपष्ट हामी छायाहरु

त्यहाँ सपनाको आँधीले
बगाएको थियो-धेरैलाई
हराउन चाहान्थ्यौँ हामी
लाग्थ्यो चाहिँदैन
अरु, कोह-केही

बिस्तारै भए नि समय लगाउँदै
आफैलाई अँगाल न
यो खोक्रो दुनियाँगिरी
के बुझ्न चाहन्छौ ?
आफैलाई बुझ न

म त कोही रहिन
तिमीमाथि केही
अधिकार जताउन
तिमी आफैलाई सुन
आफैले आफूलाई
अनुमति दिए भयो

यो खबर पुगोस् कुनै दिन
तिम्रा सम्झना फिर्ता दिएँ
थिए तिम्रा अहम्
थिए मेरा अहम्
सबै थोक माफी दिएँ

Songwriter: Bartika Eam Rai

Comments