Aashish - Lyrics

इन्द्रेणी रङ्गको छ तिम्रो निर्मल संसार
कमल को फूल झैं तिम्रो कमलो मुहार
साना साना पाइला हिँडे
ठूला ठूला आशा बोकेर

जगत लाई उज्यालो पार्ने तिम्रो हँसाई
ह्दयमा छापिने साँचो तिम्रो हेराई
तिम्रो खुशीमा नै
मेरो खुशीयाली गाँसेछ

जीवनको बाटोमा तिमी संधै अघि बढ
सफलताको शिखर तिमी संधै माथी चढ
जीत भए हार दुबैलाई स्विकारेर हिँड

अहँकारलाई तिमी कहिलै आफ्नो नबनाउनु
अत्याचार कसैको कहिलै कहिलै नसहनु
सुख भए पनि
दुखलाई नबिर्सिराख्नु

आशिश मेरो यो तिमी फली फुली रहोस्
प्रार्थना छ मेरो तिमी संधै सुखी रहोस्
अन्धकार माझ उज्यालो दीप नै बनोस्
ममता तिमी हौ, तिमी नै हौ लक्ष्मी
सुन्दर्ता तिमी हौ, तिमी सबै हौ छोरी
मेरो खाली होइन
संसारकै हौ तिमी रानी
नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है
नाच है नानी डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच
सुख पाए खुशीले नाच

Songwriter: Bipul Chettri


Karaoke:

Comments