उकाली ओरालीहरुमा
भञ्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा
हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी
म पाईला बनि पछ्याई रहन्छु
ती छहरा, खोला, खहरेहरुमा
सम्झना बनि बगिरहन्छु
उकाली ओरालीहरुमा...
तराईका हरिया फाँटमा, पहाडका तरेलीहरुमा
तराईका हरिया फाँटमा, पहाडका तरेलीहरुमा
हिमालका सुन्दर अनि बिकट ती बस्ती-बस्तीहरुमा
जहाँ जहाँ जान्छौ तिमी
म बाटो बनि साथै आइरहन्छु
ति सुस्केरा, थकाई, सुसेलीहरुमा
गीत बनि गुन्जिरहन्छु
उकाली ओरालीहरुमा
मुटु कमाउने जाडोहरुमा,
कपाल दुख्ने गर्मीहरुमा,
मुटु कमाउने जाडोहरुमा,
कपाल दुख्ने गर्मीहरुमा,
मन हर्ने सुन्दर दृष्य, शान्त-शीतल वातावरणमा,
जहाँ जहाँ जान्छौ तिमी
म आकाश बनि देखिरहन्छु
ती लेक बेसी अनि पाखाहरुमा
पवन बनि भेटिरहन्छु
उकाली ओरालीहरुमा...
Songwriter: Chandani Shah
Comments
Post a Comment