Tara Matrai Hoina Timilai - Premdhoj Pradhan - Lyrics

तारा मात्रै हैन तिमीलाई जून दाईजो दिइदिउँला

माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला


तिमीलाई मेरो झिलिमिली आकाश नै ओढाउँला

त्यो पाउमा रंगीचङ्गी वसन्त चढाउँला

तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला

तिमीले श्वास फेर्ने ठाउँमा सुवासले भरिदिउँला


तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउँला

ती नसामा जोबनको मधुधारा बगाउँला

सुकुमारी तिम्रा ओठ ती ओठमा सँगालुँला

तिमीलाई मेरै न्यानो न्यानो अँंगालोमा म अंँगालुँला


तारा मात्रै हैन तिमीलाई जून दाईजो दिइदिउँला

माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला


Songwriter: Kiran Kharel




Comments