Kun Mandirma Janchau Yatri - Robin Sharma - Lyrics

 कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?

कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?

कुन सामग्री पूजा  गर्ने, साथ कसोरी लाने हो?

कुन मन्दिरमा जान्छौ यात्री ?


हाडहरूको सुन्दर खम्बा, मांशपिण्डको दिवार

मष्तिस्कको सुनको छाना, इन्द्रियहरूको द्वार

नशा नदीका तर-तरंग, मन्दिर आफू अपार

कुन मन्दिरमा जान्छौ यात्री?


साथी-यात्री बीच सडकमा, ईश्वर हिँड्दछ साथ

चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात

छुन्छ तिलष्मी करले उसले, सेवकहरूको माथ

कुन मन्दिरमा जान्छौ यात्री ?


फर्क-फर्क, हे, जाऊ समाऊ, मानिसहरुको पाऊ

मलम लगाऊ आर्थहरूको, चहराई रहेको घाऊ

मानिसहरू भै ईश्वरको त्यो दिव्य मुहार हँसाऊ

कुन मन्दिरमा जान्छौ यात्री ?


सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा

बोल्दछ ईश्वर मानिसहरुको पिडा दुःखको गानामा

दर्शन किन्तु कहीं दिदैन चर्मचक्षुले कानामा

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?

कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?

कुन मन्दिरमा जान्छौ यात्री ?


Songwriter: Laxmi Prasad Devkota





Comments