Juni - Sajjan Raj Vaidya - Lyrics

अक्षर अक्षर जोडेर

भावनाहरु सबै पोखेर

तिमीलाई नै सुम्पिदिएँ यो मन


मायालु बोल न बोल

भोलि खै के होला नहोला

छ आज त तिमीलाई

यो बाचा म तिम्रै हुँ

मायालु सँधै अब त


स्वर्ग झैँ तिम्रो बोलिमा

खोजिरहुँ ईश्वरलाई

तिम्रो रचनाको अभिनन्दन

व्यक्त गर्नलाई


लैजाऊ ल माया मेरो मन,

थर, मेरो अङ्गालो

हर बखत माया गर्छु भन

बोलिराख नाउ मेरो

अब जति जे छु बाँकी

तिम्रै हुँ जिन्दगी भर

र सँधै सँधैको लागि

तिमीलाई म माया गर्छु


मायालु थियौ कि खै कुन्नि

मसँगै अघिल्लो जुनि

चिने झैँ गर्छ

हृदयले यो स्पर्श खै

माया तिमी नै त थियौ नि


हर्ष खोजि तिमीलाई नै पाएँ

सयौँ बार नै

अझै अर्को सयौँ जन्म खोजि

आउँछु तिमी कहैँ


लैजाऊ ल माया मेरो मन,

थर, मेरो अङ्गालो

हर बखत माया गर्छु भन

बोलिराख नाउ मेरो

अब जति जे छु बाँकी

तिम्रै हुँ जिन्दगी भर

र सँधै सँधैको लागि

तिमीलाई म माया गर्छु


आभारी छु माया, तिमीले

मन को माया दियौ

जन्म जन्मान्तरलाई पुग्ने

खुशी ले मन भर्दियौ

फेरी तिमी सँगै परोस्

बाँकी मेरो हर जनम

यो जुनि चाँहि तिमीलाई

गरुँला माया हर कदम


आभारी छु माया, तिमीले

मन को माया दियौ

जन्म जन्मान्तरलाई पुग्ने

खुशी ले मन भर्दियौ

फेरी तिमी सँगै परोस्

बाँकी मेरो हर जनम

यो जुनि चाँहि तिमीलाई

गरुँला माया हर कदम


अक्षर अक्षर जोडेर

भावनाहरु सबै पोखेर

तिमीलाई नै सुम्पिदिएँ यो मन


Songwriter: Sajjan Raj Vaidya




Comments