Jhari Pareko Din - Babin Pradhan - Lyrics

 झरी परेको दिन आकाश हेरिरहेँ

तिमी आउने दिन भनी कति पर्खिएँ

कालो बादलले निलो आकाश ढाकिदियो

तिम्रो मुस्कानलाई पर्खिरहेँ

समय बितिसक्यो, तर तिमी आएनौ

एकैचोटि म आत्तिएँ

कहाँ गएछ त्यो विशाल चरी

मेरो मायालाई लिएर ?

पहाडको माझमा एक्कासि झस्क्यौ होला

सेतो हिमालको काखमा एक्कासि बिउँझ्यौ होला

पहाडको माझमा एक्कासि झस्क्यौ होला

तिम्रो मुस्कान अनि हाँसो कसरी बिर्सूँ ?

दिन बित्दै गयो, रात बित्दै गयो

तिमी आउँछौ भन्ने आशा रहेन

कता जाऊँ अब, कहाँ खोजूँ अब

छातीभरि व्यथा लिएर ?

पहाडको माझमा एक्कासि झस्क्यौ होला

सेतो हिमालको काखमा एक्कासि बिउँझ्यौ होला

पहाडको माझमा एक्कासि झस्क्यौ होला

तिम्रो मुस्कान अनि हाँसो कसरी बिर्सूँ ?


Songwriter: Babin Pradhan

Comments