Jahaan Chhan Buddha ka Aankha - Bhakta Raj Acharya - Lyrics


जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर

त्यहाँ छ शान्तीको क्षेत्र, मेरो राष्ट्र मनोहर

प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता

छल्किन्छ ममता मेरो, भावगंगा जता तता

जहाँ छन् बुद्धका आँखा



माया नेपालको लाग्छ, नेपाली इतिहासको

माया नेपालको लाग्छ, नेपाली इतिहासको

माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको

पुर्खाको मन्त्र यो जप्छु, चौतारीमा बसी

जननी जन्म भुमिष्च, स्वर्गादपी गरियसी


जहाँ छन् बुद्धका आँखा


छ ठूलो चाहना मेरो, आमालाई हँसाउने

छ ठूलो चाहना मेरो, आमालाई हँसाउने

सर्वोच्च शिखरबाट, विश्व-शान्ती सुनाउने

यहि प्यारो मृतिका माथि, पौरखी बनिकन

पार्छु यो चाहना पूर्ण, गरि देह समर्पण


जहाँ छन् बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर

त्यहाँ छ शान्तीको क्षेत्र, मेरो राष्ट्र मनोहर

प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता

छल्किन्छ ममता मेरो, भावगंगा जता तता

जहाँ छन बुद्धका आँखा


 Songwriter: Bhakta Raj Acharya

Comments