Deuralima Batas - Premdhoj Pradhan - Lyrics

 देउरालीमा बतास चल्यो

देउरालीमा बतास चल्यो
बतास चल्यो, बतास चल्यो, बतास चल्यो
देउरालीमा बतास चल्यो

बाँजको पात हल्लाउदै
छहरालाई गिज्याउँदै
बाँजको पात हल्लाउदै
छहरालाई गिज्याउँदै
उकालीको बादलुलाई
उडाउँदै जिल्याउँदै
उकालीको बादलुलाई
उडाउँदै जिल्याउँदै
गुराँस घारी पाखो खुल्यो
पाखो खुल्यो, पाखो खुल्यो

देउरालीमा बतास चल्यो

देउरालीमा बतास चल्यो
बतास चल्यो, बतास चल्यो, बतास चल्यो
देउरालीमा बतास चल्यो

सौन्दर्य र एकान्तको
दुई धारा देउरालीमा
सौन्दर्य र एकान्तको
दुई धारा देउरालीमा
सप्तरंगी चिमल फूलको
ओठ चुम्दै नौडालीमा
सप्तरंगी चिमल फूलको
ओठ चुम्दै नौडालीमा
भौतारिँदै हुस्सु डुल्यो
हुस्सु डुल्यो, हुस्सु डुल्यो

देउरालीमा बतास चल्यो


देउरालीमा बतास चल्यो
बतास चल्यो, बतास चल्यो, बतास चल्यो
देउरालीमा बतास चल्यो

घारी घारी जिस्की पस्दै
डाली डाली बस्दै बस्दै
घारी घारी जिस्की पस्दै
डाली डाली बस्दै बस्दै
कहिलेकाहिँ थाके जस्तै
संगीत र सुगन्धको
कहिलेकाहिँ थाके जस्तै
संगीत र सुगन्धको
सुइँको पाए मात्ते जस्तै
यतै कतै फूलमा भुल्यो
फूलमा भुल्यो, फूलमा भुल्यो

देउरालीमा बतास चल्यो

देउरालीमा बतास चल्यो
बतास चल्यो, बतास चल्यो, बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो, बतास चल्यो, बतास चल्यो
देउरालीमा बतास चल्यो


Songwriter: Ramesh Dhital

Composer: Natikaji


Listen to the original Song here:



Instrumental (Piano):

Comments