बादल सरि वरिपरि पछि लाग्ने छु
बाडुल्की बनेर पछ्याउने छु
हावा सरि अघि पछि बेरिएरै
मेरा मायाहरुले ढाकेर
सम्झना बनि साथ दिनेछु
म छाँया बनि आउँला
जहाँ गए पनि मेरा यादहरुमा
गाढिएरै रहुँला
साहारा बनेरै म उभिउँला
आँधी नै आए नि तिम्रै लागि
बादल सरि वरिपरि पछि लाग्ने छ
बाडुल्की बनेर पछ्याउने छु
जिन्दगी भरीको लागि साथ दिइ रहनु
घाम भनेरै उदाउनु किरण भइरहनु
आकाश साँचि मायाको निभाइ रहनु है
जहाँ हुन्छौं जे गरे नि नबिर्सिदिनु है
बादल सरि वरिपरि पछि लाग्ने छ
बाडुल्की बनेर पछ्याउने छु
समय बगिदेला छोपौंला यी सब
हाँसेरै दिउँला जीवन तिम्रै लागी
नदेखे पनि सधैं माया छ धेरै धेरै
सम्झिराख्नु है भेट हुन्जेल लाई
बादल सरि वरिपरि पछि लाग्ने छु
बाडुल्की बनेर पछ्याउने छु
हावा सरि अघि पछि बेरिएरै
मेरा मायाहरुले ढाकेर
--------------------------------
From the video version:
दियो जस्तो बलिरहनु
फूल जस्तो फूलिरहनु
मेरो त के नै छ र
कहिले काहिँ बोलिरहनु
आकाश जस्तै चम्किरहनु
जून जस्तै अढिरहनु
मेरो त के नै छ र
कहिले काहिँ सम्झिरहनु
Songwriter: Swapnil Sharma
Comments
Post a Comment