B-8EIGHT - K Yo Maya Ho - Lyrics

के यो माया हो ?

आज मलाई यो के भएको ?

कस्तो नौलो आभास हो ?

आफैमा हराउँछु म

के यो माया हो ?

आज मलाई यो के भएको ?

के भनूँ ? म तिमीलाई नै

सोधिरहन्छु, खोजिरहन्छु (तिम्रै बारेमा)


गाँठे! यो के भो ? मेरो मनको काम फत्ते भो

सत्य हो, मेरो हालत प्रेमीको दुरुस्त भो

पिरतीकै गीतहरू किन गुनगुनाउन थाल्छु म ?

यो भन्दा अनौठो सुन्ला, तर उनकै सोचमा व्यस्त छु म

आश्चर्य लाग्छ आज देख्दा आफ्नै स्वभाव

बद्लिँदै गएका यी बानी, सबै उनकै प्रभाव

अभावमा उनको फेरि मेरो मन हुन्छ खिन्न

फरक लाग्छ सबै कुरा, आज सबै भिन्न

चलचित्रको दृश्यमा झैँ slow motion मा छैन

तर अनुभवी प्रेमीले भनेका कुरा नभाको पनि होइन

दोहोरेर आउँछ भन्थे एउटै मान्छेको सोच

विशिष्ट श्रेणीको यो पलमा बिर्सन्छन् रे सबैथोक

महसुस गर्दै छु आफैभित्र यी परिवर्तन (के यो माया हो ?)

नौलो छ आभास, खुशी, डर, उत्साहको मिश्रण

आत्तेको मेरो मन छ, ऊ खोज्दछ आरक्षण

कसलाई सोधूँ ? के म गरूँ ? मायाको नै हो कि यो लक्षण ?


के यो माया हो ?

आज मलाई यो के भएको ?

कस्तो नौलो आभास हो ?

आफैमा हराउँछु म

के यो माया हो ?

आज मलाई यो के भएको ?

के भनूँ ? म तिमीलाई नै

सोधिरहन्छु, खोजिरहन्छु (तिम्रै बारेमा)


You can call me Kim, and yeah, really nice to meet ya

You can call me Cupid when my arrow gonna hit ya

Everybody's looking at me, the way I'm getting crazy, girl

I'm like a small baby happy in your Disney World

I can't wait for Valentine's, I'll probably make you mine now

I will make you fall for me, I can be the parachute when you falling down

I can be your caring hubby, you can be my wifey

We can settle down with a sweet little childie

You feeling me ? We gonna do this differently

Sunbathe in island or cuddling right near chimney

French kiss at Paris and a dinner in Italy

This is not a fiction, baby, we got that chemistry

You're elegant, you're beautiful, shawty, you are magical (के यो माया हो ?)

Your presence's a miracle that makes Kim possible

Baby, you're so perfect, you make my heart move like an earthquake

You're the girl that I'm in love with, yeah


Yeah, I toss and turn on my bed to sleep

But she's on my mind, the one that I need

Her smile, her laugh (के यो माया हो ?)

Reminiscing all those memories (यो के भएको ?)

I don't know what I'm doin' and what needs to be done

These feelings are new to me, I doubt if it's love


हराई बस्छु उनकै सम्झनामा आजभोलि, के भयो मलाई ?

निन्द्रा छैन यी आँखामा, बस्छु म सधैँ टोलाई

खै, के भो मलाई

कल्पनाको संसारमा व्यस्त छु, सोच्दछु, खोज्दछु केवल उनीलाई

शायद मायाको जालमा फसेँ कि पलायो यो मनमा खुसी

मायाको रङ्गमा डुबी बस्छु यो संसार भुली

अब कसरी सम्हालूँ पागल यो मन फेरि ?

धड्किन्छ उनकै नाम लिई, आशाको किरण बनी

आइदिइन्, यो जीवनमा मुस्कानले छाइदिइन्

मेरा हरेक बिहान सुनौलो बनाइदिइन्

आज मायाको गीत गुनगुनाउँछ याे मन

अनि दर्पणमा हेर्छु, देख्छु उनकै आकृतिको चित्रण

के यो माया हो ? (के यो माया हो ?) उनकै सपना प्यारो भो

वर्णन गर्न गाह्रो भो, नौलो त्यो आभास उनको

नशालु हेराइको गहिराइमा डुबेछु म

एकान्तमा बसी फेरि आफैलाई सोध्छु म


के यो माया हो ?

आज मलाई यो के भएको ?

कस्तो नौलो आभास हो ?

आफैमा हराउँछु म

के यो माया हो ?

आज मलाई यो के भएको ?

के भनूँ ? म तिमीलाई नै

सोधिरहन्छु, खोजिरहन्छु (तिम्रै बारेमा)

के यो माया हो ? (यो माया नै हो)

आज मलाई यो के भएको ? (यो माया नै हो, आफैमा हराउँछु म)

कस्तो नौलो आभास हो ? (यो माया नै हो)

आफैमा हराउँछु म (यो माया नै हो, आज मलाई यो के भएको ?)

के यो माया हो ?

आज मलाई यो के भएको ?

के भनूँ ? म तिमीलाई नै (के यो माया हो ?)

सोधिरहन्छु, खोजिरहन्छु तिम्रै बारेमा


Songwriter: B-8EIGHT


Comments