Taral- UMER - Lyrics

लेख्छु चिट्ठीमा चिट्ठी तिमीलाई
आरामै होलाउ, आरामै हिलाउ
भन्छु मेरै एकोहोरो
दैनिकी, आकाशको रङ्गसँगै

तिमी उडि गयौ स्वप्नसरि
नहेरी नफर्की कहिले पनि
बाटै बाटो लाग्यौ
सोध्न भने केहि सकिनँ
भन्न पनि केही सकिनँ

आज खै को भयौ तिमी ?
आज खै को भएँ म ?

चारैतिर नियाली हेर्छु
अहिले पनि-तिमीसँगै हुँदा त हो नि
आफूलाई अलि बेसि चिनेको
सोध्ने गर्छु आज पनि
उही-प्रस्न उमेरको हिसाबमा
आफूमै हराएछु हेर न

उकालै उकालो-उकालै उकालो छ
अनि ओरालै ओरालो-ओरलै ओरालो छ
कहाँ छ सन्तुलन ?
आऊ देखाऊ तिमी मलाई
एकचोटि फेरि भनेँ
हाम्रो भेट त होला
जो भए
नि तिमी
जो भए नि म

बुझ्दैनन् भावना...
प्रगाढ हुन्छन् कहिले
यादहरु पल्लो कोठामै
जमातमा बसेकै छन्
गर्जिँदै छन बाडी यहाँ नदीमा
तैरिनु त छँदैछ

चिट्ठीमा चिट्ठी तिमीलाई
आरामै होलाउ, आरामै हिलाउ
भन्छु मेरै एकोहोरो
दैनिकी, आकाशको रङ्गसँगै

Songwriter: Bartikai Eam Rai

Comments