Taral- Shunya - Lyrics

शहर छ चिसो
झिलीमिली-झिलीमिली हो
भीड छ लाखौँको तर
कोलाहलमा एक्लो तिमी हो

लियौ आफैले फैसला
सकी-नसकी, सकी-नसकी
पच्चीस साल पोका पार्यौ
दुइटा झोलामा हो

थापाकै लतर्यौ आफै सहाश
सकी-नसकी, सकी-नसकी
जुटायौ गल्तीहरु
टुटायौ सम्बन्ध

हुदैँ छौ खोक्रो संसारसँगै
कस्तो मजाक यो?
दिनानुदिन अरु नै अनुहारमा
आफूलाई खोजी हिँड्छौ, हो
गरेछौ आत्मा नामसारी
जानी-नजानी, जानी-नजानी
निश्चल त्यो समय बगिसकेछ
फर्केर नआउने भयो

काँधमा बोकी दुनियाँको भार
जानी-नजानी, जानी-नजानी
आज पनि तिमी
अरुकै निम्ति भनी

मुटु होस् तिम्रो आकाशजत्रो
संसारै थाम्न सक
आँधीको बीचमा हाँस्न सक
खुशी-खुशी सँधै बाड्न सक
मुटु होस् तिम्रो आकाशजत्रो
संसारै थाम्न सक
आँधीको बीचमा हाँस्न सक
खुशी-खुशी सँधै बाड्न सक

Songwriter: Bartika Eam Rai

Comments