बाँचेसम्म यो सासको महत्व, कति सास रहन्छ?
मर्दा पर्नेलाई थाहा एकछिन हुन्छ
नबोलेसम्म यो बोली के साँच्चै शब्द गनिन्छ
बोल्न बन्देज हुनेलाई मात्र यो भेद थाहा हुन्छ
सास फेर्ने बहाना चाहिएको छ यहाँ गुमनाम शहरमा छायाँ बनी हिँडेकै छु
अस्ताएका चाहना अझै पनि सँगाली अरूकै पेटीमा आफ्नो औचित्य खोजेकै छु
बगिसके जहाजहरू, चिच्याएर कामै छैन
रोकिएर रोकिँदैन
गईसके पर, पर, पर, पर, पर
पर छु म—बिलाईसके
कागजको भाउमा इतिहासको लिलामी
साथ दिइहिँडेछु पुस्तौँको यो बर्बादी
सामूहिक यो हुनु त सबैको हो गल्ती
पश्चिमलाई देउता मान्ने मेरै समाजको प्रवृति
बगिसके जहाजहरू, चिच्याएर कामै छैन
रोकिएर रोकिँदैन
गईसके पर, पर, पर, पर, पर
पर छु म—बिलाईसके
इमान नै बेचेसरि यही अनजान ठाउँ पनि कहिलेकाहीँ अचेल लाग्छ आफ्नै उही गाउँसरि
तिमी पनि थिएनौ, उनी पनि थिईन
थिए यही जघन्य अजीवित भित्ताहरू
हो, बगिसके जहाजहरू, चिच्याएर कामै छैन
रोकिएर रोकिँदैन
गईसके पर, पर, पर, पर, पर
पर छु म—बिलाईसके
एक दिन आउँछ सिफारिस लिएर यमबाट, भ्रमबाट
Songwriter: Bartika Eam Rai

Comments
Post a Comment