Sajjan Raj Vaidya - Hataarindai, Bataasindai - Lyrics

कता कता छौ, कुन रुपमा ?
कुन सोचमा, हराउँदै ?
कुन गीतको, कुन बोलमा ?
आफैलाई, पहिल्याउँदै
पर्खि बसेछु, म बोकेर
यो माया मेरो, दिन तिमीलाई
आउनु म कहाँ, माया तिमी
हतारिंदै, बतासिंदै
हो-ओ-हो-ओ हो-हो

तिम्रो र मेरो, हाम्रो कथाको
शिर्षक धैर्य बनिसकेछ
तिमीलाई नदेखी, तिम्रो अनुहार
आँखामा मेरो बसिसकेछ, माया

शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन ?
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन ?

कता कता छौ, कुन रुपमा ?
कुन सोचमा, हराउँदै ?
कुन गीतको, कुन बोलमा ?
आफैलाई, पहिल्याउँदै
पर्खि बसेछु, म बोकेर
यो माया मेरो, दिन तिमीलाई
आउनु म कहाँ, माया तिमी
हतारिंदै, बतासिंदै

Songwriter: Sajjan Raj Vaidya

Comments