शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
मेरो याद कति आयो होला
दशैंको बासनालाई बतासले बगाउंदा
मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
निदरीसंग बिनती गर्यौ होला
आशाको झोला बोकी, शहरभरि जताततै
कति दिन पर्खिबस्यौ होला
यहां पनि चारैतिर शून्यता, आशाले निथ्रुक्कै भिजेको छ
गुम्सिएको रहरहरु सांचेर तिमी, अझै पनि हांस्दैछौ अरे
निस्सासिएको सपना लुकाएर, अझै पनि तिमी बांच्दैछौ अरे
रित्तिएको छ भावना भनेर, आफूसंगै झुटो बोल्छौ होला
चाहनाहरु बांधेर, झुटो चित्र कोरेर, मनले मनलाई फकायौ अरे
यहां पनि समयको, कोलाहलमा, दुनियासंगै रित्तिईंदैछ
शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
मेरो याद कति आयो होला
दशैंको बासनालाई बतासले बगाउंदा, मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
निदरीसंग बिनती गर्यौ होला
Songwriter: Bartika Eam Rai

Comments
Post a Comment