Bimbaakash: Khushi (Timro Laagi) - Lyrics

हो सोचेको जस्तो त भएन यो जुनी
बितायौ कति चिसा सांझहरु
त्यही डेराको पुरानो कोठामा
खोजीहिंड्यौ कति आफैलाई
यथार्थले त हामी सबैलाई
जिस्काउनु जिस्काएकै हो नि

तर पनि हांसी हांसी
जीवनभरि डटेर लड्यौ
शहरमा बितायौ कति रित्तो रात
रहर भुलाई अरुकै निम्ति

तिमी मेरो केवल न्यानो सम्झनामा
तिम्रा कथाहरु खुशी बाड्दै भन्नेछु म
तिमी जहां छौ त्यहां होस् सधैं
यही चांदनीको प्रकाश
यही सूर्यको माया, तारा हुन्
तिम्रै आकाशभरि चाकमन्न
तिम्रो लागि सधैं, सबै, खुशी
तिम्रो लागि सधैं, सबै, खुशी

शुरुवात त तिम्रो अरु सबैको
त्यही बिन्दुबाट भयो
मात्र पुगेछन् आज अरु
धेरै धेरै अगाडि
तिमी भने आफ्नो मनलाई
पछ्याउंदै लाग्यौ आफ्नै बाटो
आज ऊ सफल रे तिमी असफल रे
सफलता असफलता खै कसले बुझ्याछ?
तिम्रो एकोहोरो संघर्षलाई
समाजले नदेखे नि मैले देख्याछु

तिमी मेरो केवल न्यानो सम्झनामा
तिम्रा कथाहरु खुशी बाड्दै भन्नेछु म
तिमी जहां छौ त्यहां होस् सधैं
यही चांदनीको प्रकाश
यही सूर्यको माया, तारा हुन्
तिम्रै आकाशभरि चाकमन्न
तिम्रो लागि सधैं, सबै, खुशी
साथी, तिम्रो लागि सधैं, सबै, खुशी

Songwriter: Bartika Eam Rai

Comments