Bimbaakash-Khai - Lyrics

बिहानी सबेरै जुरुक्क उठेर
दुगुर्छौ खै के लक्ष्य समात्न
रहरको कथा हो थोत्रो रित्तो
एकाएक गुम्सिएको
साझा बसको एउटा कुनामा
टोलाउदै बित्यो जिन्दगानी
त तिम्रै अगाडी ओईलिदैछ
के गर्यौ आखिर खुशीको लागि ?

सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
पुर्दैछौ आज आफ्नै सपनालाई
निर्दोष तिमी अथाहै नसोची

जाऊ हराऊ
खुशीमा तृप्त तिमी तिमीलाई नै पाउ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको
कति भयो निर्धक्क बाँचेको
खोजीहिड्यौं माया सारा खोक्रो पसलहरुमा तर कहिले
बुझ्न सकेनौं आखिरमा भावना बद्लन्छन मौसमैसरि
चाहार्छौं गल्ली सम्झनामा चिहाउँछौं बादललाई एकोहोरो
किन बुझेनौ आजसम्म समय त्यो गयो अगडि बढ न
सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
पुर्दैछौ आज आफ्नै सपनालाई निर्दोष तिमी अथाहै नसोची

जाऊ हराऊ
खुशीमा तृप्त तिमी तिमीलाई नै पाउ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको
कति भयो निर्धक्क बाँचेको

बिहानी सबेरै जुरुक्क उठेर
दुगुर्छौ खै के लक्ष्य समात्न
रहरको कथा हो थोत्रो रित्तो
एकाएक गुम्सिएको साझा बसको एउटा कुनामा
टोलाउदै बित्यो जिन्दगानी
त तिम्रै अगाडी ओईलिदैछ
के गर्यौ आखिर खुशीको लागि ?

Songwriter: Bartika Eam Rai

Comments