Chitthi Bhitra - Lyrics

चिट्ठी भित्र राखेर पठाउँदै छु
मेरो माया तिमीलाई
खोलि पढि देउ न है
अटे जति भरेर पानाहरु
मायाका कुरा लेखेर
मनले जानेको सबै
अक्षर अक्षर जोडेर
भावनाहरु सबै पोखेर
तिमीलाई नै सुम्पिदिएँ यो मन
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हाँसोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ

हामी दुई एकअर्काकै साहाराले
बाचौँला हाम्रो जिन्दगी
एउटै नाम बोकेर
बुढेस्कालमा हाँसोले चाउरिएका
हाम्रा अनुहारका रेखाले
हाम्रै काव्य कोरेर
मेरो स्वर, मेरो संगीत
तिम्रै नाम गरेर
तिम्रै निम्ती जिएँ जीवन
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हाँसोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ

भएजति मेरो माया
अलि अलि गर्दा गर्दै
तिम्रै हत्केलामा मैले
ल्याइ राखिदिएँ सबै
तिम्रै हाँसोको द्रृश्यले
मेरो खुशीलाई रुप दिन्छ
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ

Songwriter: Sajjan Raj Vaidya


Comments