Sajjan Raj Vaidya - Phutki Jaaney Jovan - Lyrics

फुत्केर गयो यो उमेर नि

धाकले ढाकेर राखेको

आफैमा आइलाग्यो कि खै के

जवानी भरको ढाँटेको

 

बुझ्न नसकिने खै के हो

दुई दिन रितको संसार यो

एक त हिजोमै खेरो गइगो

आज नि अबेर भइसको

म चाँहि आफ्नै बाटो लागुम है अब

म चाँहि आफ्नै बाटो लागुम है अब

 

हिजो त जवानी ढल्केथ्यो

आजै नै त्यही कुरो खै के भो

पिरती लखेटेरै हो कि

जिन्दगी मेरो खेर गाको

अरुको कुरो त सुनेर

दौडिनु दौडियो चारैतिर

चाउरो परेछि पो थाहा भो

धन सबै नहुँदो रहेछ

म चाँहि आफ्नै बाटो लागुम है अब

म चाँहि आफ्नै बाटो लागुम है अब

ए! फुत्कि जाने जोवन यो

हेर्दा हेर्दै खै कहाँ गो

चालै नपाई बितिगो

जिन्दगी नै मेरो

 

बुझ्न नसकिने खै के हो

दुई दिन रितको संसार यो

एक त हिजोमै खेरो गइगो

आज नि अबेर भइसको


Songwriter: Sajjan Raj Vaidya


Comments