Si/Ma-[Na] - Kaalpanik/ Maayaajastai - Lyrics

सुनेजस्तै बग्ने रहेछ हावाको बेगमा यो झरी नहुने रहेछ कहिले एकनास मायाका कुरा नसाटि कलेजीमा गासिदियौ जुनीभरि तिम्रै चाहना कसोगरि साचिदियौ ? शहरभरि गुनासो गरेछौ सकेसम्म म तिम्रै रहेको हु आखिरीमा सत्य यो पनि रहेछ चलेसम्म सास चल्ने मुटु हावासंगै सोध्छु म ती मायाजस्ता कुरा समय जति अघि बढ्यो उति लाग्छ थियो कल्पना रु रु रु रु रु रु--- आफूभन्दा बेसी चिनेसरि थाहै नपाई तिम्रै भएछु म कति दयनीय भावना पनि भरोसाको काबिल रहेन यही एकैछिनमा अपरिचित बोलेका शब्द ती खै कता गए ? अरु त सबै निको होला कुनै समयमा संगै बाचेको संगै नाचेको संगै हासेको खै? कसरी निको हुने? तर पनि मुटु चलेकै छ शायद जीवन मेरो भ्रम नै बेसी भयो आखा चिम्लेरै सास सबै हाम्रो सकिने हो भेट भए फेरी नाचिनेसरि आफ्नै बाटो लागुला म प्रश्न यो मनको नसुनेसरि अगाडी हिडुला म हावासंग सोध्छु म त्यो जीवनको कुरा सास अब भन न कति नै बाकि होला? रु रु रु रु रु रु---

Songwriter: Bartika Eam Rai

Comments