B-8EIGHT - AAKHAKO BATO - Lyrics

 दिन, हप्ता, महिना गर्दै आज हेर वर्षौँ बित्यो (वर्षौँ बित्यो)

तिम्रो साथमा मेरो मनले दुःखपीडा सबै बिर्स्यो (सबै बिर्स्यो)

समयसँगै हाम्रो सम्बन्धले नयाँ रूप लियो (रूप लियो)

साँचो भन्दा तिम्रो मायाले मलाई यति खुशी दियो (खुशी दियो)

आज थाहा पाएँ के हो तिमी मेरो निम्ति

अधुरो हुनेछु म तिमी नपाएदेखि

खुशी तिमी मेरो, एउटै चाहा मेरो

बानी नै भो मेरो अब माया तिम्रो

आँखाको बाटो हुँदै मनमा बसेको छौ

इन्द्रेनी धनुष बनी जिन्दगी नै रङ्गायौ

तिमी नै अब मेरो झुल्केको बिहानी

तिमीबिना सक्दिन रमाउन खुशीमा नि

Once upon a time, हेर, यसरी नै सुरु भयो

एक कदम उसको, दुई कदम मेरो

Conversation started, and her voice is kind of mellow

Hello, के छ? Baby, are you single?

Can we make up something so we can be the couples?

Lover, perfect जोडी, out of all trouble

Your picture in my eyes goes down to my heart

I'm levitated to the sky, you're down to the earth

Girl, you know that it's been lotta years we've been together, holding it tight

In every situation, making it better, proving it right

No matter how many haters stand against us, we fight

Never holding back as long as you by my side, uh

Love of my life, I promise to keep your faith alive

'Til I close my eyes when my soul faded to sky

Our relation so divine, hard to describe

We ignite the fire of trust, there's no place for disguise

आजभोलि भन्दै वर्षौँ बितेको चालै पाइन

तिम्रो मायाजस्तो अरू आभास केही भेटाइन

तिम्रो नै साथमा बितोस् मेरो यो जिन्दगी

तिम्रै न्यानो अँगालोमा बाँध्न पाऊँ हरेक खुशी

नबितोस् कुनै दिन तिमी नहुँदाको

साथमा हुन पाऊँ खुशी अनि रुँदा म

नछुटोस्, नटुक्रोस् सम्बन्ध यो हाम्रो

नघटोस्, नरित्तोस् माया हामी दुईको

आँखाको बाटो हुँदै मनमा बसेको छौ

इन्द्रेनी धनुष बनी जिन्दगी नै रङ्गायौ

तिमी नै अब मेरो झुल्केको बिहानी

तिमीबिना सक्दिन रमाउन खुशीमा नि

दिन, हप्ता, महिना गर्दै आज हेर वर्षौँ बित्यो (वर्षौँ बित्यो)

तिम्रो साथमा मेरो मनले दुःखपीडा सबै बिर्स्यो (सबै बिर्स्यो)

समयसँगै हाम्रो सम्बन्धले नयाँ रूप लियो (रूप लियो)

साँचो भन्दा तिम्रो मायाले मलाई यति खुशी दियो (खुशी दियो)

दिन, हप्ता, महिना गर्दै आज हेर वर्षौँ बित्यो (वर्षौँ बित्यो)

तिम्रो साथमा मेरो मनले दुःखपीडा सबै बिर्स्यो (सबै बिर्स्यो)

समयसँगै हाम्रो सम्बन्धले नयाँ रूप लियो (रूप लियो)

साँचो भन्दा तिम्रो मायाले मलाई यति खुशी दियो (खुशी दियो)

Songwriter: B-8EIGHT

Comments